१५ मिनेट योग–ध्यान गरेर मात्रै काम थाल्न कर्मचारीलाई गृहको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले दैनिक योग अभ्यास गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएको छ।

बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो । ‘अधिकृतस्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १० बजेर १५ मिनेटभित्र अनिवार्य रूपमा कम्तीमा १५ मिनेट योग अभ्यास/ध्यान गरेरमात्रै आ-आफ्नो कार्यजिम्मेवारी प्रारम्भ गर्ने व्यवस्था मिलाउनुहुनका साथै अन्य कर्मचारीहरूलाई योग प्रशिक्षण गरिसकेपछि सोही अनुरूप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउनुहुन समेत निर्देशानुसार सादार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।