६१ किलो सुन प्रकरण- आजबाट काठमाडौं अदालतमा थुनछेक बहस हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ ।

न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान हिजो सकिएको हो। मैनालीकै इजलासमा प्रतिवादीको थुनछेक बहस शुरू हुनेछ। थुनछेक बहस सकिएपछि थुनामा पठाउने कि धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्नेबारे अदालतले आदेश दिनेछ। 

सुन प्रकरणमा विदेशी र स्वदेशि गरी २६ जना हिरासतमा छन्। उनीहरुविरुद्ध करिब ३ अर्बभन्दा धेरै बिगो माग दाबी गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।