एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र जारी रहेको छ । हिजो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरेका थिए ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।