पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको छ। 

विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले उनको सम्पत्ति र वैधानिक रुपमा आर्जन गरेको सम्पत्तिकाबीचमा स्रोत पुष्टि हुन नसकेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो।

विशेषले भ्रष्टाचार निवारण ऐन अनुसार ६ महिना कैद हुने फैसला गरेको छ। त्यस्तै ९८ लाख २५ हजार ५ सय रुपैयाँ बिगो र सोही बराबर जरिवाना गर्ने फैसलासमेत सुनाएको छ।

अख्तियारले श्रेष्ठविरुद्ध २०७८ फागुन १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको  दाबी गरेको थियो।

खिलराज रेग्मीको नेतृत्वमा स्वच्छ छविको भनी पर्यटनमन्त्री भएका श्रेष्ठको आर्जन अस्वाभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।