झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेप्से आज पनि ओरालो लागेको छ ।  साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ५.८९ अंकले घटेर २००४.४५ विन्दुमा झरेको छ । यसदिन २८४ कम्पनीको १ अर्ब ५६ लाख ७३ हजार ४७१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा बढेको छ भने अन्य सबै घटेको छ । आज सन नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ । यसको ७ करोड ५७ लाख  रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि आज ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।