राहत शिक्षकहरु सडकमा लम्पसार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी छ। शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आफ्नो आन्दोलन जारी नै राखेका हुन्।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सम्झौता भए पनि आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै आन्दाेलन जारी राखेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् । 

शिक्षक महासंघले आन्दाेलन फिर्ता लिए पनि राहत शिक्षकहरुले भने आफ्नाे माग सम्बाेधन नभएकाे भन्दै आन्दाेलन जारी राखेका छन् । शिक्षक महासंघ र सरकारबीच गत असोज ७ गते   सम्झौता भएको थियो ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।