ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेड बिच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो।

सम्झौता अनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई)का उत्पादनहरू खरिद गर्नका लागि आधिकारीक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पूँजी प्रदान गर्न च्यानल फाइनान्सिङ्ग सुविधा प्रदान गर्नेछ ।

बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ्ग कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।