यु–१९ साफ च्याम्पियनसिपः पाकिस्तान सेमिफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । पकिस्तान दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको  आफ्नो दोस्रो तथा अन्तिम खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो। पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तानको समूह ‘बि’मा २ खेलबाट ४ अंक भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा माल्दिभ्सका लागि खेलको ३९औँ मिनेटमा कप्तान शनान राशिदले गोल गरे। 

खेलको ८४ औँ मिनेटमा साह जहानले गोल गर्दै पाकिस्तानलाई बराबरीमा ल्याएका थिए। 

पकिस्तानसँग बराबरी गरेको माल्दिभ्सले अर्को खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

१ अंक जोडेको माल्दिभ्सलाई बराबरीले पनि सेमिफाइनल पुर्‍याउनेछ भने पहिलो खेलमा पराजय भोगेको नेपालका लागि अन्तिम चारमा पुग्न जितको विकल्प छैन। 

नेपाल र माल्दिभ्सबीचको खेल सोमबार हुँदैछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।