काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीले गणतन्त्र ल्याउनुमा सबैभन्दा बढी योगदान पूर्वराजा ज्ञानेन्द्र शाहको रहेको बताएका छन् ।
उनले भनेका छन्- गणतन्त्र हामीले मात्र ल्याएको होइन, सबैभन्दा बढी योगदान त राजा ज्ञानेन्द्रको छ। वहाँ त राजा हुनुहुन्थ्यो, सैनिकको कमाण्डर हुनुहुन्थ्यो, वहाँले चाहेको भए आफु राजा नै रहन्छु भनेको भए लडाईं हुन्थयो नि ! तर वहाँले त्यो बाटो न रोजेर सबैलाई बोलाएर, ल मैले राजतन्त्र सुम्पे।
२४५ वर्षको इतिहास हो यसको सुरक्षित गर्नु भनेर गाडी चढेर राजतन्त्र छोडेर गएका राजा हुन्। अहिले पनि ठाउँ ठाउँमा मन्दिरमा गएका छन्, बिहेमा गएर नाचेका छन् खुसी भएका राजा यो टेन्सन बोक्न आउदैन नि।”
Comment