क्रिकेटको तीनवटै फर्म्याटमा नम्बर १ वरियतामा भारतको कब्जा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो।

एसिया कपअघि एकदिवसीय वरीयतामा पाकिस्तान पहिलो टिम थियो। एसिया कपमा भारतसँग पराजित भएसँगै उसको वरीयता तेस्रोमा पुगेको थियो भने अष्ट्रेलियाले पहिलो वरीयता कायम गरेको थियो। 

योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ । 

यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।