सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको सात बुँदे सहमतिमा राहत शिक्षकले भने असहमति जनाएका छन् । राहत शिक्षकका माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलन जारी राख्नेसमेत बताएका छन् ।

‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन । राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौँ । हामी विज्ञप्ति निकाल्छौँ’, राहत शिक्षक केन्द्रीय  समितिका अध्यक्ष खेमराज अधिकारीले भने ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको उनले बताए । राहत शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् । 

‘माइतीघर मन्डलामा भोलि भेला हुने । ४० हजार शिक्षक आक्रमक रुपमा उत्रने । शिक्षक महासंघबाट राजीनामा दिने,’ राहत शिक्षकका महासचिव कुमार बजगाईले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।