सुन दैनिक आयात कोटा दोब्बर बनाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले दैनिक रुपमा आयात गरिने सुनको कोटा बढाएको छ। राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको हो।

यद्यपि, राष्ट्र बैंकले सुन आयोतको कोटा बढाइएको बारे परिपत्र भने गरेको छैन । राष्ट्र बैंकको सकुर्लरपछि मात्रै सो निर्णय कार्यान्वयनमा आउने छ । सुनको कोटा बढाइएको परिपत्र सम्भवत आजै जारी हुनसक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते एक परिपत्र गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्दा बजारमा सुनको अभाव भएको र अवैध सुनको कारोबार बढेको भन्दै व्यवसायीले कोटा बढाउन माग गर्दै आएको थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।