‘अर्थतन्त्र उकास्न सरकारले गरेको प्रयासमा ब्यवसायीले हातेमालो गर्नैपर्छ’- अर्थसचिव पुष्कर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरी पुष्करले सरकारले आम लगानीकर्ताले महसुस गर्नेगरी पुँजीबजारमा सकारात्मक निर्णय निकट भविस्यमै गर्ने बताएका छन।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वर्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै नवनियुक्त अर्थसचीव पुस्करले उक्त कुरा बताएका हुन् ।

सो क्रममा पुष्करले भने,”सरकारले पुँजीबजार सुधारमा आवश्यक कदम चाल्दै छ । त्यसको सन्देश तपाहरुले छिटै पाउनु हुन्छ। राज्यको अर्थतन्त्र विषम परिस्थितीमा छ । अर्थतन्त्रको प्रमुख समस्या भनेको अस्थिरता आउनु हो, जो विभिन्न कारणले हो । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको ब्यवसायीहरु नै हुन् । सरकार ब्यवसायीको मनोबल उकास्न आवश्यक प्याकेज ल्याउदै छ त्यसको लागि म अहोरात्र खटेर लागेको छु।”

उनले भने, सरकारले अर्थतन्त्र उकास्न गरेको प्रयासमा ब्यवसायीहरुले हातेमालो गर्न अवहान गर्छु।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।