क्यानको साधारणसभा आजदेखि सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशन आजदेखि सुरु हुँदैछ।

दिउँसो १२ बजे साधारणसभा तथा अधिवेशनको कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले  काठमाडौंमा उद्घाटन गर्नेछन्।  

यो साधारणसभामा वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ती, संघको विधान र विविध विषयका एजेन्डामाथि छलफल र निर्णय हुनेछ।

साधारणसभापछि अधिवेशन सुरु हुनेछ। अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ। वर्तमान अध्यक्ष चतुरबहादुर चन्दबाहेक अहिलेसम्म अध्यक्षको लागि अरु कसैले दाबी गरेका छैनन्।

अध्यक्षकै लागि अहिलेका कोषाध्यक्ष रोशन सिंहको चर्चा चलेपनि अहिलेसम्म सिंहले उम्मेदवारीको घोषणा गरेका छैनन्।

बागमती प्रदेशको अध्यक्ष विजयी भएका नेपाली राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अध्यक्षमा उम्मेद्वारी दिने चर्चा चलेपनि अहिलेसम्म निर्णय गर्न सकेका छैनन्।

पारसले केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने तयारी गरेको जानइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।