यी चार प्रदेशमा पानी पर्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन÷चट्यांग हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।