संसदबाट ठूलै खड्गो पार गरेको एमसीसी ठेक्का विवादले अप्ठारो मोडमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संसदबाट अनुमोदन भएपछि ठूलै खड्गो पार गरेको ठानिएको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को प्रसारणलाइन परियोजनाको टेन्डर नै रद्द गर्ने तयारी गरिएको छ ।

अहिले सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरी ५ वर्षे म्यादको दिनगन्ती सुरु भएपछि एमसीसी ठेक्का विवादले नयाँ मोड लिएको हो । टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द हुने हो कि भन्ने चिन्ता थपिएको छ ।  

अनुमानित दरभन्दा निकै बढीका प्रस्ताव आएपछि अहिले अर्थ मन्त्रालयका पदाधिकारी आश्चर्यचकित छन् भने एमसीएका अधिकारीहरु केही बोल्न सकिरहेका छैनन्। 

सरकारी अधिकारीहरु यो प्रक्रिया नै रद्द गरेर पुनः बोलपत्र आह्वान गर्नुपर्ने बताइरहेका छन्। तर, त्यसो गर्दा समयमा आयोजना सम्पन्न गर्न चुनौती थपिनेछ।  कुल ३१५ किलोमिटर प्रसारणलाइन बनाउन एमसीएले तीन भागमा बाँडेर बोलपत्र आह्वान गरेको थियो, जसमा भारतीय कम्पनीले मात्र चासो र सहभागिता जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।