आइएमईको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिट्यान्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत आइएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एकजनाले एक करोड रुपैयाँ नगद जित्नेछन्। साथै, प्रत्येक महिना एकजनाले एक लाख नगद रुपैयाँ पाउने कम्पनीले जनाएको छ।

यसैगरी दसैँ, तिहार तथा छठपर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन्। कम्पनीका अनुसार आइएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउनेछन्।

यो योजना असोज २ गतेदेखि २०८१ भदौ मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै, यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने उनको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।