जनआवाज सुन्न रास्वपाका १९ नेता १९ जिल्लामा,को कहाँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘जन आवाज सुन्ने कार्यक्रम’ को पहिलो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।

नेता तोकिएको जिल्लाका गाउँमा पुगेर जनआवाज सुन्नेछन् । दस्तावेजमा नागरिका सुझाव गाउँ पुग्ने नेताहरुले सुन्नेछन् । संविधान दिवसको दिन (३ असोज) बाट सुरु गरे पहिलो चरण ७ असोजमा सकिनेछ । सभापति रवि लामिछाने रोल्पा, उपाध्यक्ष डीपी अर्याल पर्सा, महामन्त्री मुकुल ढकाल कालिकोट, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी कञ्चनपुरका गाउँ क्षेत्रमा पुग्ने भएका छन् ।

तनहुँमा डा. स्वर्णिम वाग्ले, कपिलवस्तुमा सन्तोष परियार, रसुवामा शिशिर खनाल, पर्वतमा मनिष झा, वैतडीमा विराजभक्त श्रेष्ठ, कैलालीमा सुमना श्रेष्ठ, डोटीमा डा. तोसिमा कार्की, ओखलढुङ्गामा गणेश पराजुली, सोलुखुम्बुमा हरि ढकाल जाने भएका छन् ।

विपिन आचार्यलाई संखुवासभा, गणेश कार्कीलाई सिन्धुपाल्चोक, क्रान्तिशिखा धिताललाई खोटाङ, रमेश प्रसाईलाई सुर्खेत, कमल सुवेदीलाई रौतहट र शंकर श्रेष्ठलाई इलाम तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।