डाक्टर कुटपिट प्रकरण : आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा चरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।

संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएको संघले उल्लेख गरेको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।

संघले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग अगाडी सारेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।