राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टी गरिँदै, आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार निधन भएका संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज अन्त्येष्टी गरिँदैछ। आज बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टी गरिने नेकपा एमालेले जनाएको छ।

सरकारले राजकीय सम्मानसहित नेम्वाङको अन्येष्टी गर्ने निर्णय गर्दै आज सार्वजनिक बिदा पनि दिएको छ। सरकारले उनको अन्त्येष्टीको दिन सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

हाल नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।