घट्दै कृषियोग्य जमिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कृषियोग्य जमिन घटेको छ। तर कृषिमा आश्रित जनसंख्या भने बढेको पाइएको छ। सातौं कृषि गणना २०७८ को तथ्याङ्क सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो।

तथ्यांक अनुसार देशभर कृषिमा आबद्ध परिवारको संख्या ४१ लाख ३१ हजार ७८९ पुगेको छ । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार ९३ थियो ।

त्यसैगरी, नेपालमा कुल घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको तथ्यांक्ले देखाएको छ । २०६८ मा कुल परिवारमध्ये कृषक परिवार को संख्या ७१ प्रतिशत थियो ।

कृषको संख्या बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको छ । नयाँ तथ्यांक अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो १० वर्ष अघिको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । २०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

खेती हुने जमिन घटेपनि कृषिमा आस्रित हुने परिवारको संख्या भने बढेको छ। नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवारको संख्या ३ लाखले वृद्धि भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।