नयाँदिल्ली । यही सेम्टेम्बर ९ र १० तारिख भारतको नयाँ दिल्लीमा आयोजना हुने जी–२० को शिखर सम्मेलनमा आउने पाहुनाहरूलाई भारतले सुनको र चाँदीका भाँडामा खाना खुवाउने भएको छ ।
भारतले सम्मेलमा सहभागी हुन आउने विशिष्ठ पाहुनाहरुलाई सुनको जलप लगाइएको प्लेटमा चाँदीको चम्चाले खाना खुवाउने भएको हो ।
भारतीय संचारमाध्यमका अनुसार भारतीय आतिथ्यताको संस्कार, पाककला सभ्यताबारे विश्वका नेताहरूलाई जानकारी दिन विशेष भाँडाकुँडाको प्रबन्ध मिलाइएको हो।
भारत जी २० को हालको अध्यक्ष समेत हो । जयपुरमा रहेको मेटलवेयर फर्म, आइरिस जयपुरले विशेष रुपमा कुँदिएका भाँडाहरु बनाएको छ । २०० बढी कालिगढले ५० हजार बढी घण्टाा लगाएर १५ हजार बढी भाँडाकुँडा बनाएका हुन् । यी विशेष खालका सुन र चाँदीका भाँडा आइटीसी ताजसहित विभिन्न ११ वटा तारे होटलमा उपलब्ध गराइने छ ।
यी भाँडाहरूको डिजाइन प्रत्येक होटेलको विशिष्ट आवश्यकताहरू अनुरूप बनाइएको छ । सबै होटेलको मेनु र शैलीसँग मिल्ने गरी डिजाइन गरिएको छ। जस्तै ‘महाराजा थाली’ सेटका लागि नुन र कालो मरिचका लागि लागि छुट्टै चाँदीको बक्सहरू र ५/६ वटा कचौराहरूको सेट मिलाइएको छ ।
जी २० को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विश्वका नेताहरू आउँदैछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने नयाँदिल्ली नआउने भएका छन् । एजेन्सी
Comment