आईएमई पे को ‘विकेट टु विन’ अफर : इन्टरनेट तथा पानीको बिल भुक्तानीमा सय रुपैयाँ छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल वालेट ‘आईएमई पे’ ले  हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ।

भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आईएमई पे’ मार्फत गर्दा रु १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी  गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।

अफर अन्तर्गत  सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउनेछन्।

‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।