मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था छैनन् : अर्थमन्त्री महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन ।

पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताउका हुन ।

नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए । राजस्व संकलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै मन्त्री महतले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्ने बताए ।

आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउँदै मन्त्री महतले पुँजीगत खर्चलाई प्रभावकारी ढंगले बढाउने जनाए ।

पर्यटनलाई समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको बताउँदै उनले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने उल्लेख गर्दै ट्रान्जिट धेरै भए पर्यटकीय गतिविधि बढ्ने बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।