सूर्यको अध्ययन गर्न भारतले पठायो ‘आदित्य-एल वान’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । चन्द्रयान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको दुई सातामै भारतले सूर्यको अध्ययन गर्न पहिलो अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ।

शनिबार चेन्नाईबाट १०० किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटाबाट भारतले आदित्य-एल वानको सफल प्रक्षेपण गरेको हो। यो अन्तरिक्षयानमा सूर्यको कोरोना, क्रोमोस्फियर, फोटोस्फियर र सौर्य वायुको अध्ययन गर्न सात वटा भारीह (पे लोड) जडान गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले जनाएको छ।

आदित्य-एल वानलाई निर्धारित बिन्दुमा पुग्न १२५ दिन लाग्ने बीबीसीले जनाएको छ। आदित्य-एल वानले पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर (९ लाख ३० हजार माइल) टाढाको बिन्दुबाट सूर्यको अध्ययन गर्छ। उक्त बिन्दुलाई एल वान भनिन्छ।

एल वान बिन्दु पृथ्वी र सूर्यको दूरीको एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ। पृथ्वीबाट थोरै नजिक गएर सूर्यको अध्ययन गर्न भारतले यान पठाएको हो।

भारत अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुव नजिक अन्तरिक्षयान अवतरण गर्ने पहिलो देश बनेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।