महिला क्रिकेट : नेपाल र बहराइन भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ।  खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाल आजको खेलमा पनि अपराजित रहन चाहन्छ। हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गर्दै खेलमा विजयी सुरुवात गरेको छ। बहराइनले कतारलाई ५ विकेटले पराजित गरेको थियो। 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि(२० क्वालिफायर खेल्न पाउनेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।