मन्दिरबाट हराएकी बालिका मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा । आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल मृत फेला भेटिएकी छिन्।

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन्। खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट ५०० मिटरको दूरीमा रहेको छ। उनको शव सोमबार अपराह्न ३ बजेतिर फेला परेको हो। बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याएको छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।