काठमाडौं । सुनसरीको चतराघाटस्थित कोशी पुलको उदयपुर खण्डमा गाडी १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर डा. प्रज्जवल कोइराला सम्पर्कविहीन भएका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन कोइराला झापा दमक नगरपालिका १ का बासिन्दा ८ वर्षीय कोइराला बेपत्ता भएको प्रहरीले खोजीकार्य सुरु गरेको छ । राति २ बजे कोशीको पुलमा आएको सिसिटिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ। बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्र खोजी भइरहेको छ।
Comment