काठमाडौं । नेकपा एकीकृत समाजवादीले शिक्षा तथा स्वास्थ्य समिति भानुभक्त जोशीलाई उम्मेदवार बनाउने भएको छ ।
आज बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा भएको सहमति अनुसार आफूहरूले पाएको शिक्षा समितिमा जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
भोलि हुने निर्वाचनको लागि आज ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।
बैठक पछि पत्रकारहरुसँग एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जोशीलाई सभापतिका लागि उम्मेदवार बनाउने निर्णय भएको बताए ।
Comment