माओवादी केन्द्रले सापकोटालाई विकास समिति सभापतिकाे उम्मेदवार बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापतिमा माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभाका १० वटा विषयगत समितिको नेतृत्वका लागि आज मनोनय दर्ता हुँदै छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनय दर्ता गर्ने गरी निर्वाचन तालिका निकालिएको छ ।

पूर्वाधार विकास समितिमा सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटा र कानुन, न्याय तथा मानव अधिकार समितिमा नुवाकोटकी विमला सुवेदीको नाम टुंगो लागेको एक नेताले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।