ट्रम्पले गरे जर्जियाको जेलमा आत्मसमर्पण,दुई लाख डलर जमानतमा २० मिनेटमै रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जजिर्या राज्यको एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जियामा धाँधली गराएको आरोपमा एटलान्टाको अदालतले उनलाई दोषी ठहर गरेपछि ट्रम्पले जेल समक्ष आत्मसमर्पण गरेका हुन् ।

ट्रम्पसँगै उनका १९ जना सहयोगीहरूले पनि फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अदालतले ट्रम्पलाई दुई लाख डलरको जरिवाना गर्ने फैसला पनि गरेको छ । पूर्व राष्ट्रपति ट्रम्प जेलमा पुगेपछि जेलका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए ।

जेलमा २० मिनेट बिताएर धरौटीमा छुटेका ट्रम्प विमानस्थलतर्फ लागेका हुन् । ट्रम्प जेल पुगेपछि त्यहाँ बाहिर उनका समर्थकहरुको भिड लागेको थियो। ट्रम्पले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन्।

सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचनमा लड्न लागेका टम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो। यसअघि बुधवार ट्रम्पका पूर्व वकिल रुडि जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि सोही मामिलामा फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।