नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।   नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै छ ।

गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ ।

हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

केन्द्रीय सदस्यहरूले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।