रोपाइँ मैजारोतिर, उत्पादनको भण्डार मधेशमा ३० हजार हेक्टरमा बाँकी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यस वर्षको धान रोपाइँ अन्त्यतिर पुगेको छ । कुल क्षेत्रफलमध्ये यो वर्षको भदौ १ गतेसम्म १३ लाख ७५ हजार १३४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

देशभर ९२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ, जुन गत वर्षको भन्दा ३ प्रतिशतले कम हो ।

हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ।

गत वर्ष भदौ १ गतेसम्म देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियाे। यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो। धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ।

गत वर्ष यस अवधिमा मधेश प्रदेशमा ४ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको थियो । यो वर्ष मधेश प्रदेशमा गत वर्षभन्दा ४ हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । तर, अझै करिब ३० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ ।

मधेशमा अझै डेढ हप्ता रोपाइँ हुनेछ । डेढ हप्तापछि लगभग देशभर यो वर्षको धान रोपाइँ सकिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।