ई-सेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज बीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनी बीच रेमिटेन्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।

रेमिटेन्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरे।

यस सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इन्जाज पेमेन्टको १५० शाखाहरू, पीओएस, किअस्कस्, वा मोबाइल एप र वेबसाइटबाट नेपालमा ईसेवा मनी ट्रान्सफरमार्फत रेमिटेन्स पठाउन सकिने छ।

साथै, इन्जाज पेमेन्टबाट पठाएको रेमिटेन्स ई सेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा इ–सेवाका एक लाखभन्दा बढी क्यास पोइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन्।

रेमिटेन्स भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं। इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिटेन्स सेवा प्रदान पाउँदा निकै हर्षित छौं।’

इन्जाजको मुख्य कार्यालय रियादमा आयोजित विशेष समारोहमा एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाको पनि उपस्थिति रहेको थियो।

ई सेवा मनी ट्रान्सफरले सेवाग्राहीहरूलाई १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।