रास्वपा लक्षित गगन थापाको टिप्पणी-‘नयाँ पार्टीहरूले निराशाको व्यापार गरे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नयाँ पार्टीहरूले निराशाको व्यापार गरिरहेको आरोप लगाएका छन् ।  इलामको गौतमवुद्ध सभाहलमा इलाम नगरपालिका कार्यसमितिले आयोजना गरेको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘नयाँ आएकाहरूले गरेको निराशाको व्यापार मात्र हो। तपाईँ निराश हुनुहुन्छ र थप व्यापार तपाईँमाथि नै गर्छ,’ महामन्त्री थापाले भने, ‘हेर्दा त्यो नयाँ देखिन्छ, तर उसले व्यापार गर्छ। त्यो नयाँ होइन निराशाको व्यापार हो।’ 

महामन्त्री थापाले आत्तिएर र बरालिएर केही नहुने भन्दै चुनावदेखि चुनावका लागि मात्रै काँग्रेस नभएको बताए । ‘युगीन दायित्व मेरो काँधमा छ भन्ने सोच्नुपर्छ। हामी अत्तालिएर पनि हुँदैन, बरालिएर पनि हुँदैन,,’ महामन्त्री थापाले भने, ‘नयाँ पार्टी आयो अब काँग्रेस के हुन्छ भनेर हुँदैन। चुनावदेखि चुनावका लागि काँग्रेस बनेको होइन। ३० वर्षको पञ्चायत नेपाली काँग्रेसले नै भोगेको हो।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।