एमाले अध्यक्ष ओली र भीम रावलबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रति असन्तुष्ट रहेका नेता भीम रावलको भेटवार्ता भएको छ। 

अध्यक्ष ओलीको सचिवालय बालकोटले रावलसँगको तस्विर राख्दै दुईजनाको भेटवार्ता भएको जनाएको हो। पार्टीको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा ओली र रावलबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता रावल र ओलीबीचको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएको छ। 

गत प्रतिनिधिसभाको निर्वाचनमा रावललाई ओलीले टिकट नदिएपछि उनीहरूबीचको सम्बन्ध थप धुमिलिएको थियो। 

रावल पार्टीभित्र ओलीको कदमको सशक्त रूपमा प्रतिवाद गर्ने नेताका रूपमा चिनिन्थे तर ओलीसँगको खटपटपछि उनी निष्क्रिय थिए।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।