एमजीले ल्यायो एक्सचेन्ज अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर ल्याएको छ।

आफ्नो १००औं वार्षिकोत्सवको अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको बताएइएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस इभी घर लैजान सक्नेछन्।

पारामाउन्ट मोटर्सका प्रतिनिधिले भने, ‘एमजी मोटर्सको १००औं वार्षिकोत्सवको अवसरमा हामीले यो अफर ल्याएका छौँ। हामीलाई यहाँसम्म आइपुग्न नेपाली ग्राहकहरूले दिनुभएको साथ र विश्वासको अघि हामी सदैव आभारी छौँ।’

साउन २६ गतेदेखि भदौ २४ गतेसम्म लागु हुने यस अफर बनेपा, नारायणगढ, धनगढी, दाङ, बुटवल, भैरहवा, विर्तामोड, जनकपुर, पोखरा, वीरगञ्ज, विराटनगरस्थित डिलरहरूमा उपलब्ध हुनेछ।

यस अवधिमा ग्राहकहरूले आफ्नो पुरानो गाडीको उच्चतम मूल्यांकन प्राप्त गरी अधिकतम लाभ उठाउन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।