तस्करीको सुन आज गालिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिनामंगलबाट बरामद तस्करीको सुन मंगलबार नेपाल राष्ट्र बैंकले गाल्ने भएको छ। 

स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो। महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ। 

पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो। सोमबार निकालिएको सुन मंगलबार बिहान साढे १० बजे गाल्न शुरु गर्ने महाशाखा प्रमुख आचार्यले जानकारी दिए।

त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।