हज यात्राका लागि आवेदन खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ ।  सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । 

नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन ३० देखि असोज ३० भित्र आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

 त्यसका लागि पहिलो किस्तास्वरुप आफ्नो ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा १ लाख ५० हजार डिपोजित रहम बुझाउनुपर्ने सूचनामा उल्लेख छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।