काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक नभएको निष्कर्ष निकालेको छ।
सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो ।
एमालेले सुन प्रकरणमा भइरहेको अनुसन्धानलाई डाइभर्ट गर्न उक्त माग गरेकाले समितिले ठहर गरेको छ ।
यस्तै गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको छ। उक्त प्रकरणमा यसअघि नै चारवटा प्रतिवेदन बनिसकेको र त्यसमा मारिएका व्यक्तिका परिवारले १० लाख राहत पाइसकेको तथा सहिद घोषणा गर्ने निर्णय पनि भइसकेकाले कानुनी तवरबाट टुंग्याउने कुरा भएको जनाइएको छ ।
Comment