कांग्रेस संसदीय दलको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। 

बैठक दिउँसो साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 

बैठकमा आफ्ना सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। आफ्ना सांसद् पक्राउलाई लिएर पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको प्रचार विभाग प्रमुख विश्कर्माले बताए। 

यस्तै बैठकमा संसद्मा भइरहेको अवरोधका विषयमा पनि छलफल हुने बताइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।