मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति, २ हजार ८३ घन्टा अवरूद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनसुनजन्य गतिविधि सुरू भएयता वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको  छ। 

२४ वटा राजमार्गको १८१ स्थानमा अवरूद्ध भएकामा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ। 

बाढी–पहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घन्टा अवरूद्ध भएका अवरूद्ध भएका छन्।

अहिले तमोर करिडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ।

यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन-रिडी-कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले बेवसाइटमार्फत् अद्यावधिक गरेको छ।

रिडी-बालकोट-हंसपुर-प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।