थप ३ ब्रोकरले पाए धितोपत्र कारोबारको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपाल धितोपत्र बोर्डले थप ३ ब्रोकर कम्पनीलाई धितोपत्र कारोबारको अनुमति दिएको छ । 

बोर्डले बानेश्वरस्थित जेबीएनएल सेक्युरिटिज, दरबारमार्गस्थित आरबीबी सेक्युरिटिज र ललितपुरको कुपण्डोलस्थित सीबीआईएल सेक्युरिटिजलाई सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायको लागि स्वीकृति दिएको हो ।

बोर्ड सञ्चालक समितिको साउन २४ गते बसेको बैठकले थप तीन कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो। यी कम्पनीले बोर्डबाट सीमित कार्य गर्ने ब्रोकरको लाइसेन्स पाएको बोर्डले जनाएको छ ।

बोर्डले यसअघि पटक पटक गरेर डेढ दर्जन नयाँ ब्रोकरलाई लाइसेन्स दिएको थियो । लाइसेन्स पाएकामध्ये ७ वटाले सेयर कारोबार समेत सुरु गरिसकेका छन् भने अन्य ब्रोकर पनि तयारीमा छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।