सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।