संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको छ। मृत्यु हुनेमा मादी नगरपालिका –५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका –७ का २८ वर्षिय आकाश वलामी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

गय राति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए।

उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा मृत्यु भएको  जेलर राजेन्द्र घिमिरेले बताए।

उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको जेलर घिमिरेले पुष्टि गरे। उनीहरुको शव अहिले  जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए।

उक्त घटनापछि जिल्ला कारागार परिसर क्षेत्र र बाहिरी क्षेत्रमा प्रहरी निरीक्षक भुवनबाबु खड्काको नेतृत्वमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनाका विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ। घटनाको अनुसन्धानका लागि छानविन समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिबकुमार कार्कीले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।