टेलिकमले हरायो २० हजार रुपैयाँको रिचार्ज कार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गोरखापत्रमा आज एक सूचना जारी गर्दै ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमले काठमाडौँबाट भैरहवा ढुवानी गर्ने क्रममा नमस्ते रिचार्ज कार्ड हराएको जनाएको छ ।

टेलिकमले उक्त रिचार्ज कार्ड कसैले फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन अनुरोध गरेको छ ।

टेलिकमका अनुसार सि.नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले उक्त नम्बरका कार्ड खरिद नगर्न समेत अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।