संसद बैठक स्थगित भएपछि रविको आक्रोश- ‘संसद् चल्दैन, मात्रै बार्गेनिङ चल्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेले गरेको सदन अवरुद्ध गरेको तर बार्गेनिङ भने गरेर बसेकोमा दुख व्यक्त गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा उनले भनेका छन्-‘वर्षौंदेखि देशलाई कसरी प्यारलाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ। कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नुछ,’ उनले भनेका छन्, ‘तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद्।’

एमालेले हङकङबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।