बालिकालाई यौनधन्दामा लगाउने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । होटलमा काम लगाउने भन्दै बालिकालाई फकाएर यौनधन्दामा लगाउने गरेको अभियोगमा पोखराको सृजनाचोकबाट एक महिला पक्राउ परेकी छिन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार गोरखाको पालुङटार स्थायी घर भई हाल पोखरा महानगरपालिका–८ सृजना चोकमा खाजा घर सञ्चालन गर्दै आएकी  ६० वर्षीया पार्वती काराखेती पक्राउ परेकी हुन्।

आफ्नो होटेलमा नाबालिका तथा किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी बोलाउने र उनीहरूलाई यौन क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती महिलालाई नियन्त्रणमा लिएको हो।

कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।