पाकिस्तानमा रेल दुर्घटना, हालसम्म १५ को निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामवाद । पाकिस्तानमा एउटा भयानक रेल दुर्घटना भएको छ । रावलपिण्डी जाँदै गरेको हजारा एक्सप्रेस दुर्घटनाग्रस्त भएको हो ।

यस घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । शहजादपुर र नवाबशाह बीचको सहारा रेलवे स्टेशन नजिक दुर्घटना भएको हो ।

प्रान्तीय रेलवे अधिकारी इजाज शाहले एएफपीलाई दिएको जानकारी अनुसार दुर्घटनामा धेरै यात्रुको मृत्यु भएको छ र धेरै घाइते भएका छन् । घटनास्थलमा राहत र उद्धारका लागि अर्को ट्रेन पठाइएको छ ।

पाकिस्तान रेलवेका डिप्टी सुपरिटेन्डेन्ट महमूद रहमानले क्षतिग्रस्त डब्बाबाट कम्तीमा १५ शव निकालिएको र करिब ५० जना घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन् ।

टेलिभिजन च्यानल फुटेजमा सर्हरी रेलवे स्टेशन नजिकैको दुर्घटनास्थलमा नराम्ररी क्षतिग्रस्त रेलका डब्बाहरू देखाइएको छ ।

फुटेजमा उद्धारकर्मी र प्रहरीहरूले पटरीबाट खसेका कोचहरूबाट मानिसहरूलाई बाहिर निकालिरहेको देखिएको छ । सर्वसाधारण पनि उद्धार कार्यमा संलग्न देखिएका छन् ।

‘अहिले पटरीबाट खसेका डिव्वाहरुबाट मानिसहरूलाई बचाउने काममा सम्पूर्ण ध्यान केन्द्रित गरिएको जानकारी दिँदै रहमानले भने, ‘दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।’ एजेन्सी

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।