राजनीतिक भागबण्डाकै कारण शान्ति प्रक्रियाले पूर्णता पाएन : प्रेम सुवाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जनताले न्याय नपाउनुमा राजनीतिक भागबण्डा मुख्य कारण भएको बताएका छन् ।

आयतबार मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन विधेयकका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँग विशेष छलफल कार्यक्रममा उनले भागबण्डाको राजनीति कै कारण शान्ति प्रक्रियाले ठोस रुप लिन नसेकेको दाबी गरे ।

उनले भने,‘शान्ति प्रक्रियाको पक्षमा नजानु र पीडितको पक्षमा नजानुको मुख्य कारण चैं सरकार र सरकारमा रहेका पार्टी नै विदेशको प्रभावमा पर्नुको नतिजा हो ।’

सरकारमा रहेका पार्टीहरु विदेशीहरुको प्रभावमा परेको कारणले गर्दा जनताले न्याय नपाएको उनको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।